चैत्र ६ गते २०७६

ताजा समाचार

चैत्र ६ गते २०७६

लोक सेवा आयोगको परीक्षा स्थगित



लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ ।

चैत ६ गते बसेको आयोगको बैठकले चैत ८ सञ्चालन गर्ने भनीएको निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित स्थगित गर्ने निर्णय गरेको उपसचिव एक नारायण शर्माले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

विश्वभर कोरोना भाइरसको बढ्दो संक्रमणसँगै यस अघि त्रिभुवन विश्वविद्यालयले चैत ७ गतेदेखि तय गरिएको स्नातक तथा स्नातकोत्तर तहका सबै तहको परीक्षा र आजबाट शुरु गर्नै भनिएको एसईईको परीक्षा पनि स्थगित भएको छ