विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १ सय ७३ देशमा पुगेको छ ।
संक्रमणबाट ८ हजार ९ सय ४३ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म २ लाख १८ हजार ७ सय २१ जनामा संक्रमण देखिएको छ । कोरोना भाइरस संक्रमितमध्ये ८४ हजार ३ सय ८६ उपचारपछि घर फर्किएका छन् ।
चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण चीनमा फैलन छाडेको छ । विगत केहि दिनदेखि चीनमा नयाँ संक्रमणको संख्या शुन्य छ भने ज्यान गुमाउनेको संख्या पनि देखिएको छैन् ।
चीनमा ३ हजार २ सय ३७ जनाले ज्यान गुमाएका छन् भने ८० हजार ८ सय ९४ मा संक्रमण छ । ६९ हजार ६ सय १४ जना उपचारपछि घर फर्किएका छन् ।
चीनपछि धेरै प्रभावित इटाली बनेको छ । इटालीमा ३५ हजार ७ सय १३ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म इटालीमा २ हजार ९ सय ७८ जनाले ज्यान गुमाएका छन् । ४ सय ७५ जनाले एक दिनमै ज्यान गुमाएका छन् ।
इरानमा १७ हजार ३ सय ६१ संक्रमित छन् । १ हजार १ सय ३५ जनाले ज्यान गुमाएका छन् ।
कोरोनाकै संक्रमणबाट स्पेनमा ६ सय ३८, जर्मनीमा २८, अमेरिकामा १५०, फ्रान्समा २६४, दक्षिण कोरियामा ८४, स्वीटजरल्याण्डमा ३३, बेलायतमा १०४, नेदरल्याण्डमा ५८ जनाले ज्यान गुमाएका छन् ।
नेपालमा भने अहिलेसम्म संक्रमित फेला परेको छैनन् । नेपाल आएका एक चिनियाँमा देखिएको संक्रमण पनि ठीक भएर उनी चीन नै फर्किएका छन् ।




