चैत्र ५ गते २०७६

ताजा समाचार

चैत्र ५ गते २०७६

युभेन्ट्सका मिडफिल्डरलाई कोरोना संक्रमण



इटालियन क्लब युभेन्टसका थप एक खेलाडीमा पनि कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण भएको पुष्टि भएको छ । फ्रान्सका ३२ वर्षीय मिडफिल्डर ब्लेइस म्याथुइडीलाई पनि मंगलबार मेडिकल परिक्षण गर्दा उनमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो ।

ब्लेइस कोरोना संक्रमण पुष्टि हुने युभेन्टसका दोस्रो खेलाडी हुन् । यसअघि इटालीका ड्यानियल रुगानीलाई कोरोना संक्रमण भेटिएको थियो । रुगानीलाई कोरोना संक्रमण भएपछि म्याथुइडीसहित युभेन्टसका खेलाडीहरु गत बुधबारदेखि सेल्फ आइसोलेसन रहेका थिए ।

क्लबको वेभसाइटमा खेलाडीहरु ११ मार्चदेखि सेल्फ आइसोलेसन वार्डमा रहेको र उनीहरुमाथि निरन्तर निगरानी भइरहने बताएका छन् । उनीहरुको स्वास्थ्यमा सुधार भइरहेको समेत क्लबले उल्लेख गरेको छ ।