चैत्र ५ गते २०७६

ताजा समाचार

चैत्र ५ गते २०७६

नेपाल र इंग्ल्यान्डबीचको मैत्रीपूर्ण खेल स्थगित



नेपालको राष्ट्रिय फुटबल टोली र इङ्ल्यान्डको राष्ट्रिय फुटबल टोली ‘सी’ बीचको पहिलो मैत्रीपूर्ण खेल स्थागित भएको छ ।

आगामी जेठ १२ गते इङ्ल्यान्डमा खेलिले तय भएको मैत्रीपूर्ण खेल कोरोना भाइरसका कारण तत्कालका लागि स्थगित गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एन्फाले बुधबार प्रेश विज्ञप्ति निकाल्दै अर्को सूचना नभएसम्म मैत्रीपूर्ण खेल स्थगित गरेको पनि उल्लेख गरेको छ । यसअघि एन्फा र इङ्ल्यान्ड फुटबल संघबीच दुई वटा मैत्रीपूर्ण खेलका लागि सम्झौता भएको थियो ।

होम एन्ड अवेका आधारमा खेलिन लागिएको दोस्रो खेल नेपालमा सन् २०२१ मा खेलिने तय भएको थियो । सम्झौताका लागि एफएका लरेन्स जोन्स र एन्ड्रयू स माघमा काठमाडौं आएका थिए ।