झापाका एक व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमणको आशंकामा आइतबार काठमाडौं पठाइएको छ।
ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस संकमणको आशंका गरिएकोले उपचारका लागि चिकित्सकले काठमाडौं सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताएका छन् ।
उनको उपचारका लागि डाक्टरकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ।






