पूर्व मिस नेपाल तथा मोडल उषा खड्गीले वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएकी छन् ।
१७ वर्षअघि जिपी तिमल्सिनासँग प्रेम विवाह गरेका उनले इमेज टेलिभिजनलाई दिएको अन्तरवार्ताको दुई भिडियो क्लिपसहितको फेसबुक पोस्ट गर्दै तिमल्सिनासँगको १७ वर्ष लामो वैवाहिक जीवन समापन गरेको सार्वजनिक गरेकी हुन्।
‘ विवाह गरेको १७ वर्षपछि पनि मैले शारिरिक र मानसिक दुर्व्यवहार भोग्नुपर्छ भने त्यसलाई निरन्तरता दिनुको कुनै आधार छैन, ’ उनले सो फेसबुक पोस्टमा लेखेकी छन्।
पोस्टमा उनले सो क्रियाकलापलाई ‘नाई ’ भन्ने निर्णय गरेको भन्दै सहयोग र साथ दिने सबैलाई धन्यवाद भनेकी छन्।
हाल उषा र जीपीबाट एक छोरा र एक छोरी छन् ।




