अष्ट्रेलियाका गृहमन्त्री पिटर डटन पनि कोराना भाइरसबाट संक्रमित भएका छन् । एक विज्ञप्ति जारी गर्दै उनले आफूलाई भाइरस संक्रमण भएको जानकारी दिएका हुन् ।
डट्टन गत मंगलबार सिड्नीमा आयोजना गरिएको मन्त्रिपरिषद् बैठकमा सहभागी भएर सोही दिन व्यावसायिक विमानबाट क्विन्स्ल्यान्ड फर्किएका थिए। आफूलाई सन्चो नभएपछि स्थानीय अस्पतालमा जचाँउन गएका उनलाई कोभिड-१९ को संक्रमणको पुष्टि भएको हो।
संक्रमण भएको पुष्टि भएलगत्तै उनी अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । अस्ट्रेलियामा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ सय नाघेको छ ।




