मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

भीमदत्त नगरपालिका–२ भाँसीदेखि ब्रह्मदेव बजार जोड्ने लिंक रोडमा बिहिवार राति म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा भीमदत्त नगरपालिका–७ का सुरज धामी र दिनेश चन्द रहेका छन् ।

मृत्यु हुनेहरु दुवै एउटै मोटरसाइकलमा सवार थिए वा पैदल यात्रीलाई ठक्कर दिइएको थियो भन्ने बारे घटनाका थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।