काठमाडौं जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टी अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई साढे आठ वर्ष कैद र क्षतिपूर्ति तिर्नुपर्नेगरी बिहीबार सजाय ठहर गरेको छ ।
जिल्ला न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले पीडितको अभियोग दाबी पुग्ने भन्दै राईलाई साढे ८ वर्ष कैद र पीडित युवतीका लागि १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति समेत तिर्नुपर्ने सजाय सुनाएको हो।
गत कात्तिकमा आफूमाथि जबर्जस्तीकरणी गरेको भन्दै युवतीले बौद्ध प्रहरीमा जाहेरी दर्ता गरेपछि राईलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीको नियन्त्रणमा परेपछि राईलाई अनेरास्ववियुले केन्द्रीय सदस्य पदबाट निलम्बन गरेको थियो।






