क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडोकी पत्नी सोफी ट्रूडो पनि कोरोना भाइरसबाट संक्रमित भएकी छन्।
सोफी बिहीबार ब्रिटेनबाट एक कार्यक्रमबाट फर्किएपछि उनलाई ज्वरो आउने लगायतका लक्षण देखिएको थियो ।
डाक्टरहरूले उनको नमूना लिए र ती परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको हो।
प्रधानमन्त्रीका सञ्चार निर्देशकले जारी गरेको विज्ञप्तिमा सोफी ट्रूडोको स्वस्थ अवस्था सामान्य रहेको बीबीसीले जनाएको छ ।
क्यानडामा हालसम्म १ सय ४२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।




