घरेलु मदिरा सेवनबाट धनुषामा ६ जनाको ज्यान गएको छ ।
जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय बिलास मण्डल, ६५ वर्षीय गुद्री महरा, ३६ वर्षीय रामनारायण महरा र ३० वर्षीय राजु महराको ज्यान गएको हो ।
मदिरा सेवन गरेका ३ जनाको बुधबार दिउँसो र २ जनाको बिहीबार राति मृत्यु भएको हो । अर्का एकजनाको भने तीन दिन अघि नै मृत्यु भएको स्थानीयले बताएका छन्।
सुरुमा कालगतिले मृत्यु भएको भनिए पनि शुक्रबार बिहान अनुसन्धान गर्दा अत्यधिक रक्सीले उनीहरूको मृत्यु भएको पाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका ले जनाएके छ ।
घरेलु मदिराकै सेवनबाट अर्का २७ वर्षीय इनरजीत महरा ,सत्रुधन मण्डल र राम इश्वर महरा म्भीर बिरामी परेका छन् ।
मृतककको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएर घटनाको थप अनुसन्धान गरीरहेको प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिएका छन् ।






