भारतमा ७४ लाई कोरोना, १ को ज्यान गयो

भारतको कर्नाटकाको कालबुर्गीका ७६ वर्षे व्यक्तिको कोरोनाका कारण ज्यान गएको छ । उनी कोरोनाका कारण ज्यान जाने पहिलो भारतीय भएको कर्नाटका राज्य सरकारले जनाएको छ।

बिहीबारसम्म भारतभर कोरोना संक्रमण हुनेको संख्या ७४ पुगेको भारतको युनियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा संक्रमणमा परेका कुल ७४ मध्ये १७ इटालियन तथा एक क्यानडेलीसमेत हुन्।