अख्तियार दुरुपयोग अनिसन्धान आयोगले काठमाडौंको त्रिपुरेश्वर स्थित कम्पनी रजिष्टारको कार्यालयका नायब सुब्बा र लेखापरीक्षकलाई घुससहित पक्राउ गरेको छ ।
अख्तियारले कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा कार्यरत नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई पाँच हजार रुपैया घुस लेन क्रममा पक्राउ गरेको हो ।
उनिहरुलाई अभिलेख अध्यावधिक गर्ने प्रयोजनको लागि घुस लिने क्रममा कार्यालय परिसरबाट बुधवार नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।






