पोखरा महानगरपालिका वडा नं. ५ ले उज्यालो वडा अभियान सञ्चालन गरिरहेको छ । वडाका सडकमा बत्ती जडान गरी वडालाई उज्यालो र सुरक्षित बनाउने अभिप्रायले अभियान चलाइएको हो ।
अभियानमा वडाले ४५ सडक बत्ती जडान गरिसकेको कार्यक्रमका संयोजक उज्ज्वल खत्रीले जानकारी दिए । अभियानमा महानगरपालिकाले १ लाख, वडाका जनप्रतिनिधिबाट २५ हजार, वडा ५ बाट ६० हजार, कञ्चन सहकारीबाट १६ हजार ७ सय ५०, हिलसाइड बोर्डिङ स्कुलबाट १० हजा, सिमाना मार्ग टोलवासीबाट २४ हजार र भुमेश्वर सहकारीबाट ५ हजार ६ सय ५० सहयोग समेत प्राप्त भएको छ ।
महानगर, वडा र स्थानीयकै सहभागितामा वडालाई उज्यालो बनाउने अभियान चलेको वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए । वडाका भित्री शाखा र सडकका मुख्य चोकलाई प्राथमिकता दिएर बत्ती जडान गरिएको छ । यो अभियान विभिन्न चरणमा वडाभरी पुर्याउने लक्ष्य रहेको वडा सदस्य अञ्जु केसीले बताइन् ।
अभियानमा बुधबार शान्ति मार्ग, रिठेगौडा, एकलधारा, धर्मस्थली, धारापानी, सिमानामार्ग, ढुंगेखोला र प्रस्याङ रातामातामा सडक बत्ती राखिएको छ ।






