थ्रीस्टारलाई पराजित गर्दै नेपाल पुलिस आहा राराको फाईनलमा

विभागीय क्लब नेपाल पुलिस क्लबले आहा राराको १८ औं सस्करणमा उपाधि नजिक पुग्दा दुई वर्ष अघिको हारलाई फेरी एक पटक पीडा बोक्दै थ्रीस्टार बाहिरिएको छ । सहारा क्लबको आयोजनामा सञ्चालित पोखरा रंगशालामा आयोजित प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा नेपाल पुलिस क्लब फाईनल प्रवेश गर्ने क्रममा ३–० गोलको जित आत्मसात गर्यो ।

नेपाल पुलिस र थ्रीस्टारले समान ५–५ पटक आहा राराको उपाधि आफनो नाममा लेखाईसकेका छन् । दुवैले फाईनल खेल्ने चाहना राखे । तर बाजी पुलिसले मार्यो । दुई वर्ष अघिको फाईनलमा पुलिसले थ्रीस्टारलाई १–० गोलले पराजित गर्दै उपाधि उचाल्दा थ्रीस्टार उपविजेतामा चित्त बुझाएको थियो । त्यो हारको पीडालाई दुईवर्षपछि लिने अवसरबाट थ्रीस्टार फेरी एकपटक बञ्चित हुन पुग्यो ।

दर्शकले प्रतिस्पर्धाको अपेक्षा गरे । तर नजिता सहज निस्कियो । नेपाल पुलिसले ३–० को गोल अन्तरले पन्छाउँदा थ्रीस्टार पुलिस सामु निकै फिक्का देखियो । आहामा निकै भाग्यमानी टोली सावित नेपाल पुलिस १0 औं पटक फाईनलसम्मको यात्रा तय गर्ने एकमात्रै टिम हो ।

यी दुवै टोली आहा ! रारा गोल्डकपमा छैटौं पटक बुधबार पोखराको मैदानमा आमने सामने भएका हुन् । शुरुदेखि नै एकतर्फी दबावमा राखेको पुलिसले आठौं मिनेटमै गोलको खाता खोल्यो । मैदानको दाया साइडबाट रवि पासवानले मिलाई दिएको पासमा कप्तान भरत शाहले वान टच प्रहार गर्दै जाली चुमाए । पहिलो हाफमा पटक÷पटकको गोल गर्ने प्रयास गुमाएको पुलिसले ५१ ऋौं मिनेटमा दोश्रो गोल ग¥यो । मैदानको दाया साइडबाट दुई खेलाडीलाई बिट गर्दै निरकुमार राईले अप्रत्यासित गोल गर्दै अग्रता दोब्बर बनाए । उनले डि–एरिया लाइनसँग छोएको कर्नर लाइनबाट प्रहार गरेको बल बिपक्षी गोलकिपरले पञ्च गरेपनि बल रिप्mलेक्ट हुदैं जालीको सम्पर्कमा पुग्यो । पुलिसले तेश्रो गोल भने ७१ औं मिनेटमा ग¥यो । मैदानको करीब मध्य भागबाट तेज तामाङले क्रस गरेको बललाई निरकुमार राईलेले जाली चुमाएपछि पुलिसको जित सुनिश्चित भएको थियो । आफनो भरपर्दा कप्तान भोला सिलवाल विना मैदानमा उत्रिएको पुलिसले प्रदर्शन भने निकै लोभलाग्दो रह्यो ।

नेपाल पुलिस क्लबले सहारालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो । थ्रीस्टारले भने गान्तोक सिटी भारतलाई पराजित गरेर अन्तिम चारमा प्रवेश गरेको हो । दुवै उपाधिको लागि लालायित छन् । दुवैले आहाको संस्करण भने उचालिसकेको छन् । थ्रीस्टारले पाँचौ, नवौं, ११औं, १३ औं र १७ औं सस्करणको उपाधि उचालिसकेको छ । नेपाल पुलिस क्लबले पनि पहिलो, छैटौं, सातौं, आठौं, १६ औं सस्करणको उपाधि उचालेको तथ्यांक छ । दोस्रो सेमिफाईनल खेल मनागं मस्र्यांग्दीले नेपाल आर्मी क्लबसँग खेल्ने छ ।

kheladinews.com