चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को बढ्दो सङ्क्रमणका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिविधिहरु तत्कालको लागि रोकिएका छन् ।
फुटबलको सर्वोच्च निकाय (फिफा) र एशियाली फुटबल महासङ्घ ९एएफसी० को संयुक्त बैठकले विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरसका कारण एशियामा तय भएका विश्वकप छनोट–२०२२ र एएफसी एशियन कप छनोट–२०२३ को खेल हाललाई स्थगित गर्ने निर्णय भएको छ ।
बैठकले फिफामा आबद्ध सबै व्यक्तिको स्वास्थ्य र सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै तत्कालको लागि खेल रोकेको हो । फिफाको निर्णयसँगै केही दिनअघि मात्रै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले पनि विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न खेलकूद गतिविधिलगायतको सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण, उपमेयर कप महिला लिग फुटबललगायतको खेलकूद गतिविधि तत्कालको लागि रोक्यो । एन्फाले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिनको लागि ठूल ठूला घरेलु प्रतियोगिता एवं अन्तर्राष्ट्रिय प्रतियोगिता पनि रोकेको छ ।
फिफा विश्वकप तथा एशियन कप छनोटअन्तर्गत चाइनिज ताइपेई र अष्ट्रेलियासँगको खेलका लागि तयारी गरिरहेको नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण समेत रोकेको थियो । घरेलु मैदानमा नेपालले आगामी चैत १३ गते चाइनिज ताइपेई र चैत १८ गते अष्ट्रेलियासँग खेल्ने तय भएको थियो ।
त्यसैको तयारीस्वरूप २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीले सातदोबाटोस्थित एन्फा मैदानमा फागुन १८ गतेदेखि प्रशिक्षण शुरु गरेको थियो । त्यस्तै चैत ३ गतेदेखि तय भएको राष्ट्रिय महिला लिग फुटबल पनि हाल नगर्ने गरी रोकिएको छ । सातदोबाटोमा ओलम्पिक छनोटको बन्द प्रशिक्षणको करातेको टोली भने नियमित अभ्यासमा रहेको करातेका मुख्य प्रशिक्षक दिपक श्रेष्ठले बताए ।
कोरोनाका कारण खेलाडीमा मनोवैज्ञानिक असर परेता पनि प्रशिक्षणमा धेरै भिडभाड नहुने भएकाले प्रशिक्षण यथावत राखेको प्रक्षिशक श्रेष्ठको भनाइ थियो । ‘अहिले करातेका कुनै प्रतियोगिता नरहेको कारण अभ्यासमा धेरै मानिसको हुलमुल नहुने भएकाले नियमित अभ्यास जारी नै राखेका छौं’, प्रशिक्षक श्रेष्ठ भन्छन् ।
भलिबलमा भने यसअघि नै बङ्गलादेशमा हुने तय भएको एसियन भलिबल कन्फिडेरेस ९एभीसी० भलिबल च्याम्पियनसिप रोकिएको छ । बक्सिङका धेरैजसो प्रतियोगिताहरु रोकिएका छन् ।
कोरोना भाइस कै कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी चैत १ देखि १५ गतेसम्म तय भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) तत्कालका लागि रोकिएको छ ।
नेपाल क्रिकेट सङ्घ ९क्यान० का अध्यक्ष चतुरबाहदुर चन्दले तत्कालको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको खेल तालिका नभएकाले क्रिकेट क्षेत्रमा कोरोना भाइसको खासै असर नपरेको बताए । उनले इपिएल बाहेक क्रिकेट क्षेत्रमा ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता तत्काललाई नभएकाले कोरोना भाइसले खासै असर नगरेको बताए ।




