तनहुँको बन्दीपुर गाउँपालिका–५ कोरिखामा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग १ त ४८०८ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मृत्यु हुनेमा ट्रयाक्टर चालक गोरखा पालुङटार नगरपालिका–७ च्याङ्ली बस्ने २२ वर्षीय प्रेम कुमाल र सहचालक बन्दीपुर गाउँपालिका–४ नयाँपुल बस्ने २२ वर्षीय राजकुमार परियार रहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिएका छन् ।
उनीहरुको शव पोष्टमार्टको लागि दमौली अस्पतालमा ल्याइएको र दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






