नेपालीको प्रमुख वैदेशिक रोजगार गन्तव्य कतारका लागि श्रम स्वीकृति बन्द भएको छ ।
कतार सरकारले नेपाल सहित १४ देशका नागरिकलाई कोरोना भाइरसका कारण प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएपछि नेपाल सरकारले श्रम स्वीकृति दिन बन्द गरेको हो।
कतार ले नेपालसहित चीन, इजिप्ट, भारत, इराक, लेबनन, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका यात्रुलाई आफ्नो मुलुकप्रवेशमा रोक लगाएको छ ।
कतार सरकारले अस्थायी प्रतिवन्ध लगाएपछि कामदारलाई श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले बताएका छन् ।
कतारमा हालसम्म १५ जनामा कोरोना संक्रमण भएको फेला परेपनि कसैको मृत्यु भएको छैन।






