चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

बैतडीस्थित मेलौली नगरपालिका–९ की नौ वर्षीय बालिका सीता लुहारको चितुवको आक्रमणबाट मृत्यु भएको छ ।

लुहारलाई मंगलबार बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरीे लगेको र बालिकाको शव ५०० मिटर टाढा फेला परेको हो ।

यही फागुन २१ गते राति शिवनाथ गाउँपालिका–४ का २५ वर्षीय बालक हर्कबहादुर साउदलाई आक्रमण गरी घाइते बनाएको थियो । यो सँगै २०६८ सातयता बैतडीमा २५ जनाको चितुवाले ज्यान लिइसकेको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन् ।