गोरखामा जीप दुर्घटना हुँदा ११ घाइते, ४ को अवस्था गम्भीर

गोरखामा जीप दुर्घटना हुँदा एकै गाउँका ११ जना घाइते भएका छन् ।

बारपाक सोलिकोट गाउँपलिका–४, सौरपानीबाट गोरखाबजारतर्फ आइरहेको बा १५ च १०१६ नम्बरको जिप मंगलबार बिहान ब्रेक फेल हुँदा केउरामा दुर्घटना भएको हो । जिप सडकबाट करिब १ सय मिटर तल खसेको छ ।

दुर्घटनामा परी विमला गुरुङ, रमा गुरुङ, बुद्धबहादुर गुरुङ, श्रीमान् गुरुड, क्षेत्रकुमारी गुरुङ, टेकमाया गुरुङ र उनकी ६ वर्षीया छोरी सुनीता घाइते भएका छन् । सोही दुर्घटनामा परी सुकमाया गुरुङ, विनोद गुरुङ, राजकुमारी गुरुङ र चालक आनन्दकुमार गुरुङ पनि घाइते भएका छन् ।

यी मध्ये गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ छ ।