जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
मंगलबार बिहान साढे ८ बजेतिर महानगरीय प्रहरी परिसर टेकुमा पुगेर भेटवालले आत्मसमर्पण गरेको परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।
बैंकिङ कसुर मुद्दामा उनलाई अदालतले पाटन उच्च अदालतले एक महिनाअघि पक्राउ पुर्जी जारी गरेका थियो।
भेटवालमाथि अहिलेसम्म ७५ लाख १० हजार ठगी गरेको चन्द्र सिंह धामीले उजुरी गरेका छन् । तर उनले करोडौं ठगेको आशंका गरिएका छ । उनीविरुद्द सिआईबिमा समेत ठगिको जाहेरी परेको छ।
उनी पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं भ्यू टावरका मुख्य ठेकेदारसमेत हुन्। यसअघि खुलामञ्चमा अवैध रुपमा सटर निर्माण गरी उनले पैसासमेत असुलेका थिए।
उनलाई आजै अदालतमा म्यादथप्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।






