झापा ११ दोस्रो पटक पराजित, मनाङ मस्र्याङदी सेमिफाईनलमा

गर्विलो छवि बनाएको मनाङ मस्र्याङ्दीले पोखराको मैदानमा आईतबार गोल्डकपको दुई सयौं खेल जित्दै शाख जोगाउने क्रममा झापा ११ लाई साघुँरो गोल अन्तरले पराजित गरेको छ । आहा रारा गोल्डकपको १८ औं सस्करण आहा रारा गोल्डकपको अन्तिम चारको स्थान पक्का बनाउन अन्जन विष्टको गोल निर्णायक रह्यो ।

पहिलो हाफ गोलरहित टुंगिदाँ दुवै टोली गोलको खोजीमा थिए । यद्यपी ७५ औं मिनेटमा नेपाल आयल निगम मनाङ मस्र्याङ्दीले सफलता प्राप्त गर्यो । दयान्द सिंहको पासमा अनमार्क बसेका विष्टले बल कन्ट्रोल गर्दै डिबक्सभित्रबाट हानेको पावर सट सेकेण्ड बार च्याप्दै छिर्यो । झापा ११ माथि १–० गोलले पराजित गर्दा अन्जन विष्ट म्यान अफ दि म्याचको हकदार बने ।

सहारा क्लबले आयोजना गरेको नकाउट फुटबलको २०० औं खेल जित्दै कोशेढुंगा पार गर्यो । पहिलो हाफ दुवैले निकै संघर्ष गरे । पाएका अवसर खासै सदुपयोग हुन सकेनन् । पहिलो हाफको इन्जुरी समयमा विशाल दोर्जीको थ्रो बल कलेक्ट गर्दै सुनिल खड्काले हिर्काएको बललाई मनाङका गोलकिपरले पञ्च गर्दै बचाए । मनाङले महत्वपूर्ण फ्रिकिकको अवसर पाएको थियो । डिबक्स लाईन नजिकै पाएका दुई वटा फ्रिकिकलाई सदुपयोग गर्नबाट चुकेपछि मनाङले जितको लागि लामो संघर्ष गर्यो ।

दुवै टोली चारवर्षपछि पोखराको मैदानमा मनाङ मस्र्याङ्दी र झापा ११ बीच फेरी एकपटक भेटभएको थियो । पाँच पटकको आहा रारा गोल्डकप च्याम्पियनले पहिलो सेमिफाईनलिष्ट टोली झापा ११ सित १८ औं सस्करणको गोल्डकपमा आमने सामने भएका हुन् । झापा र मनाङ मस्र्याङ्दी बीचको खेल १४ औं सस्करणमा पहिलो पटक भेट भएको थियो । सेमिफाईनलमा प्रतिस्पर्धा गरेका थिए । अहिलेको संस्करणमा भने दोस्रो क्र्वाटरफाईनलमा भेट हुन पुग्यो । चारवर्षको अघि हेरेको भान दर्शकले पाए । तर नजिता भने फरक हुन पुग्यो । चार वर्ष अघि मनाङले सहज जित प्राप्त गर्दा अहिले भने निकै संघर्षपूर्ण जित निकाल्यो ।

नेपाल पुलिस क्लबलाई पराजित गर्दै झापा ११ ले चारवर्ष अघि सेमिफाइनल समीकरण पुरा गरेको थियो । मनाङ मस्र्याङ्दीले भने भारतीय गोर्खा ब्रिगेडलाई पराजित गरेको थियो । ४–० गोलले पराजित गर्दै मनाङ मस्र्याङ्दीले फाईनल यात्रा तय गरेको थियो । झापा ११ ले शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वाईटरफाईनल यात्रा तय गरेको थियो ।

मनाङ मस्र्याङ्दीमा विगतको सेट टिम भने थिएन् । त्यसैले पनि मनाङलाई जितसम्म डोहोर्याउने निकै सकस परेको थियो । झापा ११ आहा रारा गोल्डकपको पहिलो, १३ औं १५ औं र १६ औं संस्करणमा भने क्वाईटरफाईनल भन्दा माथि उक्लिन सकेको छैन् । सहारा क्लबको आयोजना तथा हिमश्री फुड्सको मुख्य प्रायोजनमा आयोजित गोल्डकपको तेस्रो क्र्वाटरफाईनल खेल रुस्लान थ्रीस्टारले भारतीय टोली गान्तोक फुटबल क्लबसँग खेल्ने छ ।

pix : ram gurung

kheladinews.com