दोस्रो फ्रेन्ड्शिप कप २०७६ को उपाधि दोभानलाई

श्री फ्रेन्डशिप युवा क्लब, म्याग्दे ०१, गुणादी, तनहुँको आयोजनामा “समाज परिवर्तन को लागि युवा परिचालन ” (“Youth Movement For Social Change”) भन्ने मुल नाराका साथ म्याग्दे १, तनहुँ, तल्लो गुणादी खेल मैदानमा फाल्गुन १८ गतेदेखि फाल्गुन २४ गते सम्म सम्पन्न दोस्रो फ्रेन्ड्शिप कप २०७६(7A) साइड नक आउट फुटबल प्रतियोगिताको उपाधि दोभान युथ क्लव, भादगाउँले हात पारेको छ ।

शनिबार गुणादी खेलमैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा रिभर साइड युवा क्लबलाई २–१ गोलले पराजित गर्दै दोभानले उपाधि जितेको हो । बिजेता दोभान युथ क्लव, भादगाउँले नगद पुरस्कार १ लाख ११ हजार १ सय ११ रूपया, सिल्ड , मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ भने उप बिजेता रिभर साइड युवा क्लबले ५५ हजार ५ सय ५५ रूपया, सिल्ड , मेडल र प्रमाणपत्रमा चित्त बुजाएको छ । फाइनल खेलको म्यानअफ द म्याच दोभानका बिकास श्रेष्ठ भएका छन ।

बिजेता तथा उपबिजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका प्रमुख माया देवी रानाले नगद , सिल्ड , मेडल र प्रमाणपत्र प्रदान गरेकी थिईन । कार्यक्रममा बिशिस्ट अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रवक्ता शिवसरण वाग्ले ,ब्यासनगरपालिकाका प्रबक्ता मोहन कुमार श्रेष्ठ , बिनोद खनाल , ऐमानसिह थापा , इस्वर बस्याल लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

जनस्तर, वडा, गाउपालिका र आयोजक क्लब्का सदस्यहरुबाट आवस्यक सहयोग र साथ एवम सम्पुर्ण सहभागिता जनाउने टिमबाट सभ्य र अनुशासित ढङ्गबाट उत्कृष्ट खेल प्रस्तुत भएको र प्रतियोगिता सफलताका साथ समापन भएको आयोजक क्लबका बर्तमान अध्यक्ष दुर्गा राज मगरले बताएका छन् ।

प्रथम फ्रेन्डशिप कप २०७५ को तुलनामा दोस्रो फ्रेन्ड्शिप कप २०७६ मा खेल प्रेमी दर्शकहरु बढी उत्साहित देखिएको र खेल मैदानमा उल्लेखनिय उपस्थिती जनाएको आयोजक क्लबका सदस्य निर्दोष वाग्लेले बताएका छन् ।

आयोजक फ्रेन्डशिप युवा क्लबले खेलकुदका गतिविधिमा मात्र नभइ अन्य सामाजिक क्रियाकलापहरुमा समेत सहभागिता जनाउदै आएको र आउँदा दिनमा अझ सशक्त ढङ्गमा विकाशयोग्य कार्यका लागी युवा परिचालन गर्ने योजना रहेको आयोजक क्लबका सचिव अनिल अधिकारीले बताएका छन ।