धादिङ समाज सिद्धलेक इकाइ अध्यक्षमा दुवाडी

धादिङ–पोखरा सम्पर्क समाज, सिद्धलेक गाउँपालिका इकाइको अध्यक्षमा रामप्रसाद दुवाडी निर्वाचित भएका छन् । संस्थाको शनिबार भएको नवौं साधारणसभा तथा पाचौं अधिवेशनबाट दुवाडी अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित दुवाडी यसअघि सरस्वती श्रेष्ठ सरु नेतृत्वको कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा थिए । उनी धादिङ–पोखरा सम्पर्क समाजको कार्यसमिति सदस्य समेत हुन् ।

संस्थाको उपाध्यक्षमा सूर्यमान वाणा, सचिवमा सरोज अर्याल, सहसचिवमा भेषराज अधिकारी, कोषाध्यक्षमा केशरमणि पुलामी र सहकोषाध्यक्षमा दिनेश सिलवाल चयन भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यमा किशोर भट्ट, विष्णुमान शाक्य, सरिता आले, तुलसीमाया श्रेष्ठ, रामहरि न्यौपाने, पार्वती शाक्य र रोजिना परियार रहेका छन् ।

संस्थाका सल्लाहकार एवं धादिङ–पोखरा सम्पर्क समाजका पूर्व अध्यक्ष बलराम खतिवडा संयोजक र संस्थाका पूर्व अध्यक्ष मेघबहादुर न्यौपाने र ज्वालामुखी गाउँपालिका इकाइ सचिव लाल प्रसाद ढकाल सदस्य रहेको निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको हो ।

संस्थाकी अध्यक्ष सरस्वती श्रेष्ठ सरुको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षद्वय मेघबहादुर न्यौपाने र शम्भु अधिकारीलाई सम्मान गरिएको थियो ।