युएईको दुबईमा पहिलो पटक गायक नरेन्द्र प्यासीको एकल साँझ आयोजना हुने भएको छ । नरेन्द्र प्यासी म्युजिकल नाईट नाम दिईएको यस कार्यक्रम यहि मार्च १३ तारिक शुक्रबार साँझ बर दुबईको रेनेट्री होटलमा आयोजना हुने भएको हो ।
मार्च १३ शुक्रबार साँझ ६ बजेबाट सुरु हुने गायक प्यासीको एकल साँझ रेनेट्री होटलको नसा दोहोरी साँझमा आयोजना हुँदैछ । ुके भुल भयो प्रिया म संग बोल्दिनौु, ुतिमीले दिने मायाु, ुतिमी बिनाको जीवन सोच्नसम्म ुलगायतका दर्जनौं कर्णप्रिय गीतका गायक प्यासीको दुबईमा पहिलो कार्यक्रम भएकाले पनि यस कार्यक्रमलाई महत्वका साथ हेरिएको छ ।
गायक प्यासी र आयोजक कमिटीका सदस्यहरुले नरेन्द्र प्यासी म्युजिकल नाईटमा उपस्थित भएर सांगीतिक आत्मियता साट्नका लागि दुबईमा रहेका सम्पुर्ण नेपालीलाई अनुरोध गरेका छन् ।
कार्यक्रमबारे थप जानकारीका लागि अषिश पुरुष: ०५५-४९६-९५७४ र लक्ष्मण: ०५५-१४८-२६३० लाई सम्पर्क गर्न सकिने छ ।




