शिक्षा मन्त्रालयले विश्वव्यापी बनिरहेको कोरोना भाइरस संक्रमणलाई लिएर नेपालमा परीक्षाहरु स्थगित भएका, विद्यालय बन्द हुन थालेका भनी आएका समाचारबारे ध्यानाकर्षण गराउदै एसइईको परीक्षा चैत्र ६ गते देखि नै हुने जानकारी दिएको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा एसईईको परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने सूचना गलत भएको भन्दै भ्रममा नपर्न अपिल गरेको हो ।
यसअघि कक्षा १ देखि ९ सम्मका परीक्षा चैत्र पाँच गतेसम्ममा सकाउन मन्त्रालयले पत्राचार गरेको थियो।
तर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले एसइई स्थगित भएको भन्ने समाचार प्रकाशित भएको भन्दै मन्त्रालयले विज्ञप्ती निकालेको हो।







