विश्वव्यापी आवधिक समिक्षा (UPR) को तेस्रो चक्रमा नेपालमा बालिका अधिकारको स्थिति सम्बन्धि प्रतिवेदन तयारीका लागी सरोकारवालाहरुसँग राष्ट्रिय परामर्श सम्पन्न भएको छ ।
बालिका अधिकारका लागि राष्ट्रिय सञ्जालले जागृति बाल तथा युवा सरोकार नेपाल, स्वतन्त्रता अभियान नेपाल , ग्रर्स एडभोकेसी एलायन्स , ग्लोबल मार्चको सहयोगमा बाल मैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, सामाजीक सुरक्षा नागरिक समाज सञ्जाल , कन्सोर्टियम नेपाल , बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान , बाल संरक्षण सँजाल , यात्रामा रहेका बालबालिका , शिक्षा निगरानी समुह ,एसियन बालिका अभियान, एचआरटिएमसि सि आर सि समिति तथा रेटिफाई ओ पि ३ सि आर सि समितिको सहकार्यमा विश्वव्यापी आवधिक समिक्षा (UPR) को राष्ट्रिय परामर्श सम्पन्न भएको हो ।
कार्यक्रममा बालिका प्रतिनिधि बबिता परियारले बाल विवाह , छाउपडी र अन्य किशोरीका समस्याहरु लाई जोडेर आफ्नो भनाई राखे । त्यसै गरी एन ए सि जी का कृष्णचन्द« आचार्यले बालिकाहरुका विकासका निम्ति भिन्न किसिमका कार्यक्रम चाहिने र नागरिक समाजले सरकारसँग सहकार्य र खबरदारी दुवै गर्नुपर्ने जिम्वेवारी रहेकाले यस्ता किसिमका कार्यक्रम महत्वपुर्ण रहेको बताए ।

राष्ट्रिय मानव अधिकार आयोगका निर्देशक मुुरारी प्रसाद खरेलले विश्वव्यापी आवधिक समिक्षाको प्रकुया सम्बन्धी विस्तृत जानकारी प्रदान गर्दै कानुन निमार्ण र कार्यन्वयनमा केन्दित हुँदै , डाटा र प्रमाणमा आधारीत प्रतिवेदन लेख्नुपर्ने कुरामा जोड दिनुभयो । साथै राष्ट्रिय मानव अधिकार आयोगकी उप निर्देशक मञ्जु खतिवडाले विश्वव्यापी आवधिक समिक्षाबाट आएका सुझावहरुको कार्यन्वयन गर्ने प्रणाली जरुरी रहेको बताएका थिए ।
बालिका अधिकारका लागि राष्ट्रिय सञ्जालका सहअध्यक्ष रित्तु भट्ट राईले बालिका अधिकार सम्बन्धि दोस्रो समीक्षाका सुझावहरु र कार्यन्वयनको अवस्थाबारे प्रस्तुती दिँदै नेपालमा बालिका अधिकार सम्बन्धि नितिहरु र हालको अवस्था, सिफारिश र सुझावहरु बारे छलफल गरेका थिए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एचआरटिएमसि सि आर सि समितिका कृष्ण सुवेदीले राष्ट्रिय अस्मिता र अधिकार पुर्ति दुबैलाई ख्यालमा राखी प्रतिवेदन तयार गर्न सुझाव दिए । त्यसै गरी सिनेटका रविन नेपालीले वैकल्पिक स्याहार गृहमा रहेका बालिकाहरुको सवाल पनि समेटिनुपर्ने विचार व्यक्त गरे ।
सम्पुर्ण सहभागीहरुको सुझाव संकलन गर्न खुल्ला छलफल आयोजना गरिएको थियो । छलफलमा वल्र्ड भिजन इन्टरनेशनल नेपाल , गुड नेबर्स इन्टरनेशनल नेपाल , प्लान इन्टरनेशनल ,साथी, विश्वास नेपाल लगायतका प्रतिनिधिहरुले बालिकाहरुका स्वास्थ्य , वेचविखनमा परेका, मनोरञ्जन क्षेत्रमा सँलग्न, जातिय विभेद, अपाङ्गता भएको, समाजीक सुरक्षाका सेवा प्राप्त नगरेका बालिकाहरु, बाल मैत्री स्थानीय शासन इत्यादी सम्बन्धि आफ्नो भनाई राखेका थिए ।
कार्यकमको समापनमा आफ्नो मन्तव्य राख्दै कार्यक्रमका अध्यक्ष तथा बालिका अधिकारका लागि राष्ट्रिय् सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलले किशोरीका सवालमा बोल्दै प्राप्त सुझावहरुलाई प्रतिवेदनमा समावेश गर्ने प्रतिबद्घता ब्याक्त गरेका थिए ।

कार्यक्रममा बालिकाको लागी कार्यरत ८ विकासका साझेदार सँस्था , १२ सञ्जाल , १५ संघसँस्था र अन्य सरोकारवालाहरुका ५० प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बालिका अधिकारका लागि राष्ट्रिय सञ्जालका सदस्य गोविन्द शाहीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रम बालिका अधिकारका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलले अध्यक्षता र सिविनकी निरीजना भट्टको संचालनमा सम्पन्न भएको थियो ।






