अपाङ्ग महिला बलात्कार गरेको आरोपमा ९ वर्ष जेल

शारीरिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरेपमा जिल्ला अदालत उदयपुरले ९ वर्ष जेलसजाय र पीडितलाई ५० हजार रूपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

त्रियुगा नगरपालिका– १६ का ४३ वर्षीय भीमबहादुर तामाङलाई बिहीबार जिल्ला अदालतका न्यायाधीश मनोज केसीको इजलासले सो फैसला गरेको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताएका छन्।

स्रेस्तेदार आचार्यका अनुसार तामाङले २०७६ जेठ १२ गते ती महिलालाई बलात्कार गरेपछि पीडितका आफन्तले प्रहरीमा तामाङविरुद्ध उजुरी दिएका थिए।

तत्कालै तामाङलाई प्रहरीले पक्राउ गरेर अनुसन्धानपछि मुद्दा दर्ता गरी पुर्पक्षका लागि थुनामा राखेको थियो।