कोरोनाको आंशकामा भर्ना भएका बिरामी अस्पतालबाटै भागे

कोरोना भाइरसको आशंकामा अस्पताल भर्ना भएका एक नेपाली अस्पतालको झ्यालबाट भागेका छन् ।

कोरियाबाट आएका सुनसरी घर भएका एक युवा बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए ।

उनी बुधबार राति ८ बजे नै झ्यालबाट हाम फालेर भागेको र अहिलेसम्म नफर्केका कारण प्रहरी नै लगाएर उनको खोजी भइरहेको अस्पतालले जनाएको छ ।