जिप दुर्घटनामा ३ को मृत्यु

 सुर्खेतमा यात्रु वाहक जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बुधबार दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज०००७ नम्बरको जीप वीरेन्द्रनगर १५ राउटे गल्छेना भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जीप अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खस्दा जीपमा सवार सात जनामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी चार जना गम्भिर घाइते भएका छन् । 

मृत्यु भएकाहरुको पहिचान गर्ने र घाईतेहरुलाई उपचारका लागि वीरेन्द्रनगर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।