पोखराको धादिङ त्रिपुरा–वाराही महिला समूहले लैंगिक हिसा विरुद्ध पुरुषको ऐक्यवद्वता प्रशिक्षण कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रममा समूहका सदस्यहरू, स्थानीय आमा समूह तथा टोल विकास संस्थाका अध्यक्ष, प्रतिनिधि सहित ५१ जना सहभागी थिए ।
पोखरा महानगरपालिका सामाजिक महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका वडा नं. ६ को समन्वयमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा वडाध्यक्ष जगत पहारीले लैंगिक हिंसा विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए । उनले २१औं शताव्दीमा पनि लैंगिक हिंसा कायमै रहेको भन्दै त्यस विरुद्ध सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रशिक्षण दिंदै पोखरा महानगरपालिकाकी सामाजिक महाशाखा प्रमुख निर्मला शर्माले लैंगिक हिंसा घरको चुलोचौकोदेखि राज्यका उच्च तहसम्म अझै कायम रहेको भन्दै यसको अन्त्य हुनुपर्ने खाँचो औंल्याइन् ।
साथै पोखरा महानगरपालिकाकी न्यायिक समितिकी सदस्य पार्वती कार्की, जिल्ला प्रहरी कार्यालय कास्की महिला सेल प्रमुख प्रहरी निरीक्षक कृष्ण बसेलले पनि कार्यक्रममा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष कृष्णबहादुर लम्साल, वडा सदस्य राममाया विक लगायतले लैंगिक हिंसा विरुद्ध सबै लाग्नुपर्ने खाँचो औंल्याएका थिए ।
समूहकी अध्यक्ष हीराकुमारी सापकोटाको अध्यक्षतामा भएको मार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक वविता मल्लले स्वागत र कार्यक्रबारे प्रकाश पारेकी थिइन् भने सञ्चालन सचिव बिन्दा धरेल गरेकी थिइन् ।








