चिनबाट ल्याइएका १ सय ७५ नेपाली आज घर जादैं

चीनबाट ल्याएर क्वारेन्टाइनमा राखिएका नेपालीलाई आज (सोमबार) घर फर्काइने भएको छ । 

खरिपाटी क्वारेन्टाइनमा रहेका उनीहरूको गत शनिबार कोरोना परीक्षणको लागि घाँटी र नाकको र्यालको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा १ सय ७५ जनामै कोरोनाको संक्रमण देखा नपरेपछि सबैलाई आजै घर फर्काउने तयारी गरिएको हो ।

गत फागुन ४ गते वुहानमा रहेका १ सय ७५ जना नेपालीलाई उद्दार गरेर नेपाल ल्याइएको थियो। उद्दार गरेर ल्याइएकाहरुले भक्तपुरको खरिपाटीमा १४ दिनको लागि क्वारेन्टाइनमा राखिएको थियो।

क्वारेन्टाइनको पहिलो दिन कोरोनाको परीक्षण गर्दा पनि कसैलाई संक्रमण देखिएको थिएन।