ज्येष्ठ नागरिक केन्द्रलाई सहयात्रीको सहयोग

पोखरा ५ पस्र्याङमा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई सहयात्री बचत तथा ऋण सहकारीले फलफूल एवं ३० हजारका बाजागाजा सामग्री प्रदान गरेको छ ।

यस्तै, उमादेवी पराजुली, उनका छोरा डा गणेश र नवराजले नगद १० हजार र फलफूल वितरण गरे ।

सहपत्रीका अध्यक्ष त्रिभुवन शर्माले डाक्टर, इन्जिनियर, राष्ट्रसेवक जन्माउने, बनाउने ज्येष्ठ नागरिक जिउँदा इतिहास भएको उल्लेख गरे । पोखरा ५ का अध्यक्ष धनबहादुर नेपालीले सहयोग गर्नेहरु प्रति आभार प्रकट गर्दै दिवा सेवा केन्द्र व्यवस्थित हुँदै गएको उल्लेख गरे ।

वडा सदस्य अञ्जु केसीले मन भएका व्यक्तित्वको सहयोगमा केन्द्र प्रभावकारी बन्दै गएको बताइन् । कार्यक्रममा वडा सदस्य उज्ज्वल खत्री, सहयात्री सहकारीका नरेश बराल, क्लबका अध्यक्ष विश्वनाथ पराजुली लगायतले बोलेका थिए । केन्द्र कबिर ८० ज्येष्ठ नागरिक आउने गरेका छन् ।