बास्कोटालाई कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसनमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारबाही गर्नुपर्ने माग राख्दै नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

नविसंघ त्रिचन्द्र क्याम्पस इकाइले आइतबार बिहान क्याम्पस अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको र करको भार थोपरेको आरोप लगाएका थिए ।

नेविसंघले स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न, ललिता निवास जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्न तथा इन्धन र पुस्तकमा लगाइएको अतिरिक्त कर खारेज गर्न माग गरेको छ ।

स्वीस कम्पनीका एजेन्ट विजय मिश्रसँग कमिसनबारे कुरा गरेको अडियो सार्वजनिक भएपछि सरकारको प्रवक्ता बास्कोटाले यही फागुन ८ गते पदबाट राजीनामा दिएका थिए ।