महोत्तरीमा वृद्धमाथि गोली प्रहार भएको छ ।
आइतबार बिहान २ बजे शौचालय गएका महोत्तरीको मनरासिसवा नगरपालिका वडा नम्बर–३ का ६१ सहदेवप्रसाद यादवमाथि अपरिचित व्यक्तिले गोली प्रहार गरेका हुन् ।
छातीमुनि गोली लागेको घाइते यादवलाई उद्धार गरेर जानकी केयर अस्पताल लगिएको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।
घटना कसले र किन गरायो भन्ने भन्ने बारे अनुसंधान भईरहेको प्रहरीले जनाएको छ।






