कुशल मल्ल क्याच आउट

नेपाललाई पहिलो झड्का

एसीसी इस्टर्न रिजन पुरुष टि–ट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा नेपालले अहिले हङकङसँग प्रतिष्पर्धा गर्दैछ । थाइल्यान्डको बैंककमा भइरहेको खेलमा हङकङले दिएको १५५ रनको लक्ष्य पछ्याइरहेको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ ।

नेपालले पहिले विकेटको रुपमा कुशल मल्ललाई गुमाएको हो । कुशल १९ रन बनाएर आउट भएका हुन् । उनलाई मोहमद अर्सदले क्याच आउट गराएका हुन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । नेपालका लागि अहिले क्रिजमा कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का छन् ।