आज विदेशी मुद्राको विनिमयदर : डरलको भाउ कति ?

नेपाल राष्ट्र बैंकले  आइतबार (फागुन १८) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ २० पैसा र बिक्रीदर ११५ रुपैयाँ ८० पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ५४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रुपैयाँ १७ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३२ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा रहेको छ।  कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८१ पैसा रहेको छ । 
र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५३ पैसा रहेको छ । 

 तालिकामा विस्तृतमा हेर्नुहोस्ः