_212865389.jpg)
सीसी इस्टर्न रिजन पुरुष टि–ट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा हङकङले नेपाललाई १५५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
थाइल्यान्ड क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५४ रन बनायो । हङकङका लागि निजाकत खानले २९ बलमा ४८, शाहिद वासिफले २३ बलमा २६, मोहम्मद हरसदले २२ बलमा २७ रन र मोहम्मद खानले २० बलमा २९ रन बनाए ।
बलिङतर्फ नेपालका लागि सुसान भारी र सन्दीप लामिछानेले २–२ कुशल मल्लले १ विकेट लिए ।




