सुवेदी कल्याण प्रतिष्ठान कास्कीमा अनिल

कास्कीका सुवेदीको हालै भएको भेलाले सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) नेपालको कास्की गठन गरेको छ । संस्थाका कुलाधिपति डा. अनिल सुवेदी, कुलरक्षक मनहरि (कास्कीकोट,वाहुनपानी), कुल सचिव पशुपति (पोखरा ) र कुल कोष रक्षक प्रिती ढकाल सुवेदी (कास्कीकोट,लौसीढुंगा) छन् ।

सदस्यमा रेशम सुवेदी (ढावा, लौरुख), भीमप्रसाद (कास्कीकोट, रोहटेपानी) खेमराज (साविक लेखनाथ), डा. दीपकराम (सिम्पाली, वनपाले), प्रजापति (कास्कीकोट, रैकर), नारायण सुवेदी(रुपा), अम्बिका (दोपहरे), खिमलाल (दोपहरे), खरिका (कास्कीकोट, लौसिढुंगा) र बालाकृष्ण (मादी) छन् ।

सुकल्प जिल्ला भेला तयारी समिति अध्यक्ष वेदहरि सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव पशुपति सुवेदी, सुकल्प नेपालका केन्द्रीय सहकुलाधिपति प्रेमप्रसाद सुवेदी, केन्द्रीय कु रक्षक देवीप्रसाद, संस्थापक सदस्य प्राडा राजाराम, व्रह्माकुमारी अप्सरा, सुकल्प नेपालका केन्द्रीय सदस्य जगत सुवेदी, वेदप्रसाद, समाजसेवी आनन्द, व्रह्मारुपा माविका प्रधानाध्यापक जनार्दन, निर्वाचन कार्यालयका अधिकृत महेन्द्र, सदाशिव सुवेदी समाजका अध्यक्ष दिननाथ, दोपहरे समाजका उमानाथ, लौरुख समाजका पूर्णाखर, हंसपुर समाजका कृष्ण लगायतले बालेका थिए ।

नवनिर्वाचित जिल्ला कुलाधिपति डा. अनिलले छरिएर बसोवास गरेका सुवेदीको डाटा संकलन र वंशावली निर्माण गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा संस्थाका कुल सचिव पशुपतिले आफ्ना आमाबुवाको स्मृतिमा १० हजार राशिको खडानन्द पूर्णकला स्मृति उत्कृष्ट छात्रवृत्ति प्रदान गर्ने घोषणा गरे ।