वडासचिव घुससहित पक्राउ

धनुषाका एक वडासचिव २० हजार घुससहित कार्यकक्षबाटै पक्राउ परेका छन् । धनौजी गाउँपालिका–२ का वडासचिव सुशील ठाकुर २० हजार घुससहित पक्राउ परेका हुन् ।

वडा सचिव ठाकुरले जन्म दर्ता प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो ।

ठाकुरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।