श्रीलंकाले एमसीसी कार्यान्वयन नगर्ने

नेपालको छिमेकी श्रीलंकाले अमेरिकासँग गरेको मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० कम्प्याक्ट सम्झौता यही अवस्थामा कार्यान्वयन नगर्ने भएको छ ।

लामो समयको विवादपछि श्रीलंकाको मन्त्रिपरिषदले सम्झौता अघि नबढाउने निर्णय गरेको हो । श्रीलंका सरकारले एमसिसी पुनरावलोकन गर्न ४ सदस्यीय समिति बनाएको थियो ।

समितिले बुझाएको प्रतिवेदनले दिएको सुझावअनुसार एमसीसी अघि नबढाउने निधो मन्त्रिपरिषदले गरेको छ । सरकारका प्रवक्ता मन्दुला गुनवर्द्धनाले सम्झौता अपारदर्शी, देशको संविधान र कानुन उल्लंघन गर्ने र देशको स्वतन्त्रता र सार्वभौमसत्तालाई पनि समस्यामा पार्ने भएकाले यही अवस्थामा सम्झौता कार्यान्वयन गर्न नसकिने जनाए ।

उनले श्रीलंकाको जनताको हित अनुरुप संशोधन गर्न अमेरिका तयार भए सम्झौता अनुमोदन गर्न संसदमा पेश गर्न सरकार तयार रहेको जानकारी दिए ।