नेपाल कम्युनिष्ट पार्टी (माले)ले महासचिव सीपी मैनालीको दुर्घटना नियोजित भएको बताएको छ।
बिहीबार पार्टीले जारी गरेको विज्ञप्तिमा दुर्घटनाको छानबिन गरी सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेको छ।
विज्ञप्तिमा दुर्घटनाको सत्य, तथ्य र अन्तरनिहित दुर्नियत योजनाको समेत छानबिन गरी सत्यतथ्य जनतासमक्ष ल्याउन र कूनियतजन्य योजनाकार र दोषीलाई अबिलम्ब कानुनी कार्बाही गर्न माग गरिएको छ ।
बिहीबार महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ३ कालापानीमा कार दुर्घटना हुँदा मैनालीसहित पाँच घाइते भएका थिए।
मैनाली चढेको बा४च २१२० नम्बरको कारलाई ना४ख ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो।
जारी विज्ञप्ति







