पोखरा लेडी जेसीजले बिहीबार कारागार कार्यालय कास्कीका महिला कैद, बैन्दीलाई स्वास्थ्य सचेतना दिएको छ ।
महिला कैदी, बैन्दीलाई स्वास्थ्यसम्बन्धी सामग्रीसमेत वितरण गरिएको कार्यक्रममा स्वास्थ्यसम्बन्धी सहजीकरण स्टाफ नर्स एवं कार्यक्रम संयोजक सुजाता सापकोटाले गरेकी थिइन् ।
संस्थाका अध्यक्ष शोभा भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा कारागार प्रमुख गणेश गौतम, पोखरा जेसीजका अध्यक्ष शिवप्रसाद सापकोटा, नायब सुब्वा महेन्द्रबहादुर कुवँर, हवल्दार द्रौपदी थापा, पोखरा लेडी जेसीजका पदाधिकारी लगायतको उपस्थिति थियो ।
कार्यक्रम पोखरा लेडी जेसीजकी सचिव गायत्री फुयालले गरेकी थिइन् ।






