घाइते मैनालीलाई हेलिकप्टरबाट काठमाडौंको लगियो

सवारी दुर्घटनामा गम्भीर घाइते भएका नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीसहित घाइते सबैलाई काठमाडौं लगिएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुलाई काठमाडौंको ग्रान्डी हास्पिटल लगिएको प्रहरीले जनाएको छ ।

मैनालीको अवस्था गम्भीर रहेको कारण यहाँ उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट उनीसहित सबैलाई काठमाडौँ लगिएको हो।

महासचिव मैनालीको टाउको र खुट्टामा चोट लागेको छ ।