धनुषामा ११ वर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छिन् ।
जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका ५ गजरियाकी ११ वर्षीया बालिकालाई २ युवकले बलात्कार गर्दै फोटो र भिडियो खिचेको सार्वजनिक भएको छ ।
खेतमा घाँस काटिरहेकी बालिकालाई फागुन १० गते स्थानीय ३२ वर्षीय श्रीकिसुन र २२ वर्षीय अनिल ठाकुरले बलात्कार गरी भिडियो रफोटो खिचेको पीडितको भनाइ छ । बलात्कारबारे कसैलाई बताए सामाजिक सञ्जालमा भाइरल बनाइदिने उनीहरुले चेतावनी दिएका थिए ।
पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि श्रीकिसुन दास पक्राउ परेका छन् भने अर्का आरोपित अनिल भने फरार छन्।




