बलात्कार अभियोगमा राज्यमन्त्रीका सल्लाहकार पक्राउ

बलात्कार आरोपमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक सल्लाहकार अमृतकुमार घले पक्राउ परेका छन् ।

काठमाडौंस्थित आफ्नी दिदीसँग बस्दै आएकी सिन्धुली घर भएकी १७ बर्षिय किशोरीलाई अमेरिका पठाई दिन प्रलोभनमा चार दिनसम्म टोखास्थित आफ्नो फ्ल्याटमा बन्धक बनाएर बलात्कार गरेको आरोपमा घले पक्राउ परेका हुन् ।

कक्षा १२ मा अध्ययनरत ती किशोरी घरबाट फर्कने बेला बनेपाबाट अमृतले आफ्नो मोटरसाइकलमा चढाएर काठमाडौं ल्याएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

किशोरीले आफ्नो परिवारलाई गोप्य रूपमा बन्धक बनाएर बलात्कार भएको जानकारी गराएका थिए । परिवारले प्रहरीलाई खबर गरेपछि गत फागुन १ गते प्रहरीले उनलाई पक्राउ गरेको हो ।