घट्यो सुनको मूल्य

लगातार बढेको सुनको भाउ दुईदिन यता घटेको छ ।आज सुनको मूल्य तोलामा ५ सयले घटेको हो ।

मंगलबार ८० हजारमा कारोबार भएको सुन आज प्रतितोला ७९ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तेजाबी सुन प्रतितोला ७९ हजार २ सयमा कारोबार भैरहेको छ ।

बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ घटेर तोलाको ९ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।