बंगलादेशमा हुने टि–२० कपमा सन्दीप एसिया ११ बाट खेल्ने

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एसिया–११ बाट खेल्ने भएका छन्।

बगंलादेशका राष्ट्रपिता शेख मुजिब रहमानको जन्म शताब्दीको अवसरमा हुनलागेको शेख मुजिब १०० टि–२० कप बंगलादेश २०२० अन्तर्गत विश्व–११ र एसिया–११ बीच हुने खेलमा सन्दीप टोलीमा समेटिएका हुन्।

दुईवटा खेल हुने उक्त सिरिज आगामी मार्च १८ र २१ मा बंगलादेशको शेर ए बंगला रंगशालामा हुनेछ।

एसियाको टोलीमा भारतीय कप्तान विराट कोहली, श्रीलंकाका लसिथ मालिंगा, बंगलादेशका मुस्ताफिजुर रहमान,अफगानिस्तानका रशिद खान लगायत स्टार खेलाडी समावेश छन्।

खेलमा कप्तान विराट कोहली र केएल राहुलले भने एक खेल मात्र खेल्नेछन्।