यही फागुन २९ गते विवाह गर्न लागेकी अभिनेत्री आँचल शर्माले आफ्नो प्रेमी उदिप श्रेष्ठसँग इंगेजमेन्ट गरेकी छिन् ।
करिब ढेड वर्ष लामो प्रेम सम्बन्धपछि दाम्पत्य जीवनमा बाँधिन लागेका उनिहरुले सोमबार चुच्चेपाटीको इम्पेरियल बैंक्वेटमा परिवारका सदस्यहरूको उपस्थितिमा टीकाटालो गरेका हुन् ।
चलचित्र ‘नाई नभन्नु ल–४’ बाट चलचित्रमा अभिनयको यात्रा आरम्भ गरेकी अभिनेत्री आँचलले विवाहपछि पनि चलचित्रमा सक्रिय रहने बताएकी छिन् ।




