सुनको मूल्यमा सामान्य गिरावट

लगातार बढेको सुनको मूल्य मंगलबार सामान्य घटेको छ ।

सोमबार ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मंगलबार प्रतितोलामा ३ सयले घटेर ८० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तेजाबी सुन प्रतितोला ७९ हजार ७ सयमा कारोबार भैरहेको छ ।

चाँदीको मूल्य भने स्थिर ९२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।